विराटनगर । मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।

रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित सडक खण्डमा सोम टुडु र उनकी श्रीमती हेमरामको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।

उनका अनुसार आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको को ९ प ७२९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई स्थानीयले उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल पठाएका थिए । उपचारका क्रममा दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ ।