पर्सा, चैत २५ – पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाको १४औँ विशेष गाउँसभा सोमबार सम्पन्न भएको छ। गाउँपालिका कार्यालयको सभाहलमा सम्पन्न सो विशेष अधिवेशनले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट संशोधनसहित पारित गरेको छ।

गाउँपालिकाकी उपाध्यक्ष ममता महत्तो थारूका अनुसार संघीय सरकारबाट प्राप्त हुने अनुदान रकममा कटौती गरिएकाले चालु वर्षका केही योजनाहरूमा कटौती गरिएको छ। साथै, विभिन्न ऐन, कानुन तथा कार्यविधिहरूमा समेत संशोधन गर्दै अधिवेशनले ती प्रस्तावहरू पारित गरेको जानकारी दिइएको छ।

गाउँपालिका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष ममता महत्तो, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, वडाध्यक्ष विजय श्री गैरे ,कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।