काठमाडौं / काठमाडौंकाे तीनकुने घटनामा परेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई भाटभटेनी सुपरमार्केटले जागिर दिने भएको छ। मंगलबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले यस्तो बताएका हुन् ।

भाटभटेनीले यसअघि नै तीनकुने घटनामा ज्यान गुमाएका मध्ये पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ र महर्जनको परिवारलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग दिने घोषणा गरेको थियो । अध्यक्ष गुरुङले मंगलबार र दुवै परिवारलाई घरमै पुगेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।त्यस क्रममा उनले यो दुःखद समयमा साथ दिन आफू उपस्थित भएको बताएका थिए ।

राजावादी समूहले चैत १५ गते तीनकुनेमा गरेको हिंस्रक प्रदर्शनका क्रममा सविनको गोली लागेर मृत्यु भएको थियो भने सुरेशको आगोमा जलेर मृत्यु भएको थियो ।