कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका–२ साडेपानी टनकपुर नजिक मोटरसाइकल दुर्घटना हुँदा चालक गौरीगंगा ८ का ४५ वर्षीय अमर बमको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै से ५ प ६९४४ नम्बरको मोटरसाइकल तेल सकिएर सडकमा रोकी राखेको से १ ख १२६८ नम्बरको मिनी ट्रकको पछाडि ठोक्किएको थियो।

गम्भीर घाइते भएका मोटरसाइकल चालक बमको उपचारको क्रममा घोडाघोडी अस्पतालमा साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मिनी ट्रकका चालक चुरे गाउँपालिका–५ का ३५ वर्षीय दिल्लीराज पुनमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।