पर्सा – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा ऐन उपयुक्त ढंगले ल्याउने बताएका छन्।

शुक्रबार बुटवलमा एमालेको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। भावनामा वगेर समस्या समाधान नहुने भन्दै उनले शिक्षकहरुले प्रदर्शन गर्न आवश्यक नभएको बताए।

‘ऐन पहिलादेखि रोकिएर बसेको छ, त्यसलाई हामी तुरुन्त ल्याउछौं भनेका छौं। उपयुक्त ढंगले ऐन ल्याउछौं, आफ्ना मात्रै इन्ट्रेस हेरेर, आफ्ना मात्रै हितहरु हेरेर हुँदैन। राष्ट्रिय हित कसरी हुन्छ, राष्ट्रको क्षमता के छ ? राष्ट्रिय अर्थतन्त्रको स्थिति के छ र सरकारले अहिले के गर्न खोजिरहेको छ भन्ने बुझेर मात्रै यस्ता कुराहरुको समाधान खोज्नुपर्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले सरकारले हरेक समस्याको समाधान चाहेको उल्लेख गर्दै भने, ‘शिक्षक साथिहरुलाई म भन्न चाहान्छु भावनामा बगेर समस्याको समाधान हुँदैन। सरकार हरेक समस्याको समाधान गर्न चाहान्छ, तपाइँहरुका पिर मर्का हटाउन चाहान्छ, तपाइँहरुका समस्या समाधान गर्न चाहान्छ, तपाइँहरुले पनि बुझ्नु प¥यो नि।

प्रधानमन्त्री ओलीले मुलुकमा समस्या रहेको र  ती समस्या समाधान गर्न नै यो सरकार बनेको दाबी गर्दै थपे, ‘आन्दोलनमा गइरहनुपर्ने कुनै आवश्यकता छैन।’