पर्सा, चैत ३०। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगंज महानगरपालिकाका चार स्थानमा कर्फ्यू आदेश जारी गरेका छन्। चैत ३० गते साँझ ६:३० बजेदेखि चैत ३१ गते बिहान ११ बजेसम्म लागू हुने गरी उक्त आदेश जारी गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार जारी आदेशमा उल्लेखित चार किल्ला क्षेत्रभित्र कोही पनि व्यक्ति प्रवेश गर्न, निस्कन, जम्मा हुने, प्रदर्शन, सभा वा जुलुस गर्न नपाउने व्यवस्था गरिएको छ।

कर्फ्यू आदेश लागू हुने स्थानहरू:

१. पूर्व: भेडियाही चौक – वीरगंज महानगरपालिका–१५
२. पश्चिम: सिर्सिया पुल – वीरगंज महानगरपालिका–२५
३. उत्तर: गण्डक चौक – वीरगंज महानगरपालिका–१४
४. दक्षिण: शंकराचार्य गेट – वीरगंज महानगरपालिका–१६

प्रमुख जिल्ला अधिकारी अर्यालले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै शान्ति सुरक्षा कायम राख्नका लागि कर्फ्यू आदेश आवश्यक भएको जनाएका छन्।