जनकपुरधाम – मधेश प्रदेश सरकारले सिरुवा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह, सञ्चार तथा कानून मन्त्रालय, मधेश प्रदेशले जारी गरेको सूचनामा प्रदेश राजपत्र मिति २०८१ साल चैत्र २२ गते प्रकाशित बिदा सम्बन्धी जानकारी अनुसार, २०८२ साल वैशाख २ गते मंगलबारको दिन सिरुवा पर्व मनाइने भएकोले सार्वजनिक बिदा रहने उल्लेख छ।

शाखा अधिकृत दीपेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा उक्त जानकारी सार्वजनिक गरिएको हो।

सिरुवा पर्व मुख्यतया मधेसी समुदायमा मनाइने महत्वपूर्ण सांस्कृतिक चाड हो। यो पर्व विशेष गरी परम्परागत रूपमा नयाँ वर्षको सुरुवातको रुपमा मनाइन्छ।