पर्सा – सखुवा प्रसौनी गाउँपालिकामा आज एक विशेष समारोहका बीच बहुप्रतीक्षित विकास योजनाको शिलान्यास कार्यक्रम भ¥व्य रूपमा सम्पन्न भएको छ। स्थानीय विकासप्रति नागरिकको बढ्दो अपेक्षा तथा उत्साहका बीच आयोजित कार्यक्रममा प्रमुख अतिथि रूपमा सह¥भागी भएका मधेश प्रदेश सरकारका मन्त्री प्रमोद जयसवालले विकास निर्माणको कार्यमा कुनै किसिमको लापरवाही नगर्न सम्बन्धित पक्षलाई कडा चेतावनी दिएका छन्।

“काम राम्रो भएन भने काम गर्ने ठेकेदार होस् वा कर्मचारी – जो कोही भए पनि कारबाही अनिवार्य छ,” मन्त्री जयसवालले जोड दिँदै भने, “जनताको करको पैसा दुरुपयोग गर्न दिने छैनौं।”

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका पुर्व अध्यक्ष प्रदीप जयसवाल, उपाध्यक्ष शर्मिला बिष्ट महतो, पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष पदका प्रत्याशी मन्तुरा चौधरी, वडा नं. ६ का अध्यक्ष मुना कमकर, वडा नं. ३ का पूर्व अध्यक्ष सलिम मियाँ, लखनपुर पुर्व गाबीस अध्यक्ष इनरमन कमकर लगायतका जनप्रतिनिधि, स्थानीय बुद्धि¥जीवी, समाजसेवी तथा सर्व¥साधारणको उल्लेखनीय उपस्थिति थियो।

वक्ताहरूले गाउँपालिकाको समग्र विकासका लागि सहकार्य, पारदर्शिता र नियमित अनुगमनको आवश्यकता औंल्याउँदै, विकास योजना कार्यान्वयनमा नागरिकको समेत सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरे।

शिलान्यास भएको योजनामा सडक निर्माण, खानेपानी सुधार, ढल व्यवस्थापन, सामुदायिक भवन तथा कृषि सिंचाइ जस्ता प्रमुख कार्यक्रमहरू समेटिएको जनाइएको छ।

स्थानीयवासीहरूले आशा व्यक्त गर्दै भने, “यो योजनाले सखुवा प्रसौनीको रूपान्तरणमा टेवा पु¥र्‍याउनेछ। धेरै समयदेखि प्र¥तीक्षित विकास अब सम्भव देखिएको छ।”

कार्यक्रमको समापनमा गाउँपालिकाले आगामी दिनहरूमा थप योजना सार्वजनिक गर्दै चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ।