बुटवल — बुटवलको बुद्धनगरमा एक युवतीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।

अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेकी विष्टको ढाडमा गोली लागेको छ ।

गोली प्रहार गर्नेको खोजी भैरहेको प्रहरीले जनाएको छ ।