पंचगावा ।। सखुवा प्रसौनी गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित तेस्रो जिल्ला स्तरीय भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम फेसमा महूवन र धोबीनी टोलीबीच सर्वोत्कृष्ट प्रदर्शन भएको थियो। बेस्ट अफ फाइभको श्रृङ्खलामा महूवनले लगातार तीन सेटमा तीनै विकेट जित्दै प्रतिष्पर्धालाई ३–० को सहज जित हासिल गरी विजयी बिजेतामा सफल भयो।

प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रमका प्रमुख अतिथि पूर्व विधायक मंजुर अंसारीज्यूले महूवन टोलीलाई प्रथम पुरस्कारको प्रमाणपत्र तथा नगद रु २०,००० प्रदान गर्नुभयो। विशिष्ट अतिथि चन्दन सहनी र अतिथि अनरुद्ध पटेल, शिनाथ चौधरी, जवाहर पटेल, मुक्ति पटेल तथा नागेन्द्र यादवज्यूहरूले द्वितीय पुरस्कार (रु १०,०००) र तृतीय पुरस्कार (रु ५,०००) विजेता टोलीलाई पुरस्कार वितरण गर्नु भयो।

प्रतियोगितामा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाबाट पनी टोलीले सहभागिता जनाएका थिए। तीनदिने उत्कृष्ट प्रतियोगितामा खेलाडीहरुले उच्च प्रतिस्पर्धात्मक क्षमता र सामूहिक एकता प्रस्तुत गरे जसले दर्शकहरुलाई झकझक पार्ने रोमान्चक रहेछ।

समापन समारोहमा प्रतियोगिताका संयोजक अशोक पटेलले भलिबल प्रतियोगिताको मुख्य उद्देश्य युवा स्तरोन्नति, स्वास्थ्य र सामुदायिक सद्भाव प्रवद्र्धन रहेको व्याख्या गर्दै आगामी वर्ष अझ व्यापक र प्रभावकारी बनाउने आशा व्यक्त गर्नुभयो। सहभागी खेलाडी, प्रशिक्षक र दर्शकहरुले पनि आयोजक समितिको प्रशंसा गर्नुभएको थियो।

यसैगरी, आयोजक समितिले गाउँपालिकाको समग्र खेलकुद विकासका लागि निरन्तर कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ। आगामी दिनमा अरू खेलकुद प्रतिस्पर्धाहरू समेत सञ्चालन गरिने तयारी अघि बढाइएको छ।