पंचगावा  । मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं १ गढी टोलमा मा सडक ढलान कार्यको शिलान्यास गरेका छन्।

आज आयोजित एक समारोहमा मन्त्री जयसवालले सडक ढलानको शुभारम्भ गरेका हुन्। शिलान्यास कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका पूर्व मेयर प्रदिप जयसवाल, १ वडा अध्यक्ष प्रत्याशी अशोक शाह सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ का पूर्व वडा अध्यक्ष रूपलाल यादव लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।

शिलान्यासको क्रममा मन्त्री जयसवालले सडक निर्माण कार्यको गुणस्तर र समयमै काम सम्पन्न हुने कुरामा जोड दिएका थिए। उनले भने, “यस काममा कुनै प्रकारको लापरवाही वा ढिलाइ सहनयोग्य हुनेछैन। यदि काम राम्रोसँग भएन भने म कसैलाई पनि छोड्दैन,“ भनेका थिए।

स्थानीयवासीले सडक ढलान सुरु भएकोमा खुसी व्यक्त गरेका छन्। यो सडक ढलान सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई आवतजावतमा थप सहजता हुने विश्वास लिइएको छ।