बिरगंज । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।

केआईआईटीमा अध्यनरत अर्का एक नेपाली विद्यार्थीका अनुसार वीरगंज घर भएकी प्रिसा साह होस्टलको कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन् ।

होस्टलको चौँथो तलामा रहेको कोठा भित्र झुण्डीएको अवस्थामा साथीहरुले फेला पारेको ति नेपाली विद्यार्थीले जानकारी दिए । उनी स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् । अहिले प्रथम वर्षको परिक्षा चलिरहेकोले छ ।

अहिले प्रहरीले घटनास्थलको मुचुल्कागरि शव परिक्षणका लागि लगेको जनाइएको छ । कलेज प्रसासनले अहिले अन्य विद्यार्थीहरुलाई होस्टलबाट बाहिर निस्कीन रोक लगाएको विद्यार्थीहरुले जनाएका छन् ।

गत फागुनमा पनि केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।