पंचगावा ।।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल (YCL) वीरगंज महानगर समितिको प्रथम सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले क. विकास पटेललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ भने महानगर इन्चार्जका लागि क. महेश पटेलको नाम सिफारिस गरिएको छ।

नवगठित नगर समितिमा वरिष्ठ उपाध्यक्षमा नेहाल खान, उपाध्यक्षहरूमा प्रियंका खड्का र अरुण साह, सचिवमा निरज सह, सह सचिवहरूमा नितेश साह र महम्मद उडक्न सिद्दिकी तथा कोषाध्यक्षमा पंकज राम चयन भएका छन्। समितिमा अन्य ४१ जना सदस्यहरूको समेत समावेश गरिएको छ।

सम्मेलनका प्रमुख अतिथिका रूपमा पार्टी केन्द्रीय सदस्य तथा सभा पर्सा जिल्ला इन्चार्ज क. विजय महतोको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरूमा रामदर्श कुशवाहा, बालेश्वर थारु, बाबुराम कौशिक, सुरेन्द्र गुप्ता, एम.डी. कदमरशुल, पश्मिना कुदरी, दिपेन्द्र सिंह, पटेल संयोजक पिन्टु रौनियार, सन्तोष पटेल (YCL पर्सा इन्चार्ज) लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

समापन अवसरमा नवनिर्वाचित सम्पूर्ण नेतृत्वलाई शुभकामना दिँदै सफल कार्यकालको कामना व्यक्त गरिएको थियो। सम्मेलनले संगठनलाई अझ सुदृढ बनाउँदै पार्टीको नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने अठोट समेत व्यक्त गरेको छ।