पंचगावा ।। मधेश प्रदेश सरकारले सीता जयन्ती र कविर दास जयन्तीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै बैशाख २३ गते (मंगलबार) जानकी नवमी (सीता जयन्ती) र जेठ २८ गते (बुधबार) कविर दास जयन्तीको दिन मधेश प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएको हो ।

मधेश सरकारद्वारा २०८१ साल चैत्र ११ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा सम्बन्धी सूचनाअनुसार, जानकी नवमी (सीता जयन्ती) र कविर दास जयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा लागू हुने निर्णय गरेको थियो ।

यस निर्णयसँगै उक्त दुई दिन मधेस प्रदेशका सरकारी कार्यालय, निकाय तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन् ।