आदित्य कुमार मिश्र — शिक्षामा बालिकाहरूको सहभागिता वृद्धि गर्न उद्देश्यले कलैया उपमहानगरपालिका वडा नम्बर २७ मा वडा स्तरीय साइकल वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम वडा अध्यक्ष अशोक कुमार तिवारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधिसभा क्षेत्र नं. ३ की सांसद तथा पूर्वमन्त्री ज्वाला कुमारी साह रहनु भयो। कार्यक्रममा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत नाथु साह तथा शिक्षा तथा खेलकुद शाखा प्रमुख राजिव यादवको उपस्थिति रहेको थियो।

साइकल वितरण कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, वडा सदस्यहरू नरेश कुशवाहा, आलमहम्मद अन्सारी, कृष्णवती देवी, लालमती देवी बैठा, वडा सचिव गोरख पण्डित, समाजसेवी पशुराम चौधरी, हिरा साह लहेरा, रामइश्वर यादव, रामानन्द बैठा, दोवारिका सहनी, अनरजित चौधरी, शम्भु राउत, कुर्मी जियालाल महतो, गफुर अन्सारीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम कलैया उपमहानगरपालिका वडा नं. २७ को आयोजनामा सम्पन्न भएको हो।