पंचगावा ।। छिपहरमाई गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको भूमि व्यवस्थापनका लागि पालिका स्तरीय सहजीकरण समिति गठन गरिएको छ।

पालिकाका अध्यक्ष श्री मनोज कुमारको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष तबरेज अहमद, आयोगका विज्ञ सदस्य सन्तोष पासवान, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो।

बैठकमा आयोगका जिल्ला अध्यक्ष तबरेज अहमदले भूमिसम्बन्धी नीति तथा कानुनका विषयमा जानकारी दिँदै, जग्गा प्राप्तिका प्रक्रिया र मापदण्डबारे जनप्रतिनिधिहरूको जिज्ञासाको समाधान गर्नुभयो। उहाँले भूमिहीन र सुकुम्बासीका समस्या दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय सरकार र आयोगबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

बैठकले स्थानीय तहमा सूचिकृत भूमिहीन तथा अव्यवस्थित बसोबासीको तथ्यांक संकलन तथा भूमि व्यवस्थापन प्रक्रिया अघि बढाउने सहमति पनि जनाएको छ।