पंचगावा ।। कानुन मन्त्री अजय चौरसियाले आज आफ्‌नो निर्वाचन क्षेत्रमा कालोपत्र सडक निर्माणको शिलान्यास गरेका छन् ।

निर्वाचनको समय गरिएको घोषणा अनुसार मन्त्री चौरसियाले सोमबार दिउँसो एक कार्यक्रमबिच कालोपत्र सडक निर्माणको शिलान्यास गरेका हुन ।

बहुदरमाइ नगरपालिकाको वडा नम्बर– ४ बहुअवरीदेखि एकटाङ्गासम्मको सडक कालोपत्रका लागि शिलान्यास गरिएको हो । केन्द्रीय बजेटको सहयोगमा १६ सय मिटर लम्बाइको कालोपत्र निर्माण हुँदैछ ।

करिब तीन करोडको बजेटमा उक्त सडक कालोपत्र गर्न लागिएको कानुनमन्त्री चौरिसयाका सचिवालयले जनाएको छ ।

बहुअरीमा आयोजित एक कार्यक्रमबिच पूजाआजा गरी मन्त्री चौरसियाले कालोपत्र सडकको उद्घाटन गरेका हुन । मन्त्री चौरसियाले आज एकैदिन करिब ४ करोडका दुइ योजनाको शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा प्रदेश सांसद श्याम पटेल, पूर्व मेयर लोक नारायण यादव, क्षेत्रीय सभापति महम्मद शहाबुद्दिन, सचिव रञ्जित पटेल, सरिफ मिया, इमाम हुसेन मिया, दिनेश यादवसहितका कार्यकर्ताहरुको उपस्थिति थियो ।