काठमाडौँ, वैशाख २६ – हालै पाकिस्तानमा विकसित घटनाक्रमका सन्दर्भमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीहरूको सुरक्षाको विषयमा नेपाल सरकारले आवश्यक सबै पहल गरिरहेको जनाएको छ।

परराष्ट्र मन्त्रालयद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली विद्यार्थी तथा नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही आवश्यक समन्वय गर्दै आएको उल्लेख गरिएको छ।

यदि थप सहयोग आवश्यक परेमा सम्बन्धित नेपाली विद्यार्थी वा उनका अभिभावकहरूले नेपाली दूतावास, इस्लामाबादमा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ। यसका लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिनेछ:

वृन्दा सुवेदी खड्का, तृतीय सचिव: +९२ ३३१३२९३११९

आरसिलान मेहमुद: +९२ ३४०५१७४२६१

इमेल: eonislamabad@mofa.gov.np

परराष्ट्र मन्त्रालय, सिंहदरबार, काठमाडौँबाट जारी उक्त विज्ञप्ति वैशाख २६ गते प्रकाशित गरिएको हो।