पंचगावा ।। नेकपा एमाले पकाहाँमैनपुर गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। कार्यक्रम अधिवेशन अध्यक्षमण्डलका सदस्य तेजप्रकाश निषादको अध्यक्षता र एमालेका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

गत वैशाख २१ गते सम्पन्न अधिवेशनको अध्यक्षमण्डलको बैठकबाट सर्वसम्मत निर्णय गर्दै अकलेश कुमार साहलाई गाउँपालिका कमिटीको अध्यक्षमा चयन गरिएको थियो। यस्तै, उपाध्यक्षमा सन्तोष कुमार चौरसिया, सचिवमा राजेश सहनी, उपसचिवमा रामबाबु प्रसाद चौरसिया, र महिला उपसचिवमा चाँदनी देवी चयन भएका छन्।

३८ सदस्यीय गाउँपालिका कमिटीमा विजय कुमार पाण्डे, खोभारी राउत कुर्मी, सुरज पटेल, सकुन्तला देवी, दिन दयाल राम, गया प्रसाद चौहान, उपेन्द्र सहनी, लक्षन देव साह, लिलेश चौहान, बृज मोहन प्रसाद चौहान, लाल मुनि देवी, रम्भा देवी, महेन्द्र राउत कंकर, जान महमद, जटा शंकर साह तेली, जनक माझी, ललिता कुमारी माली, कलिता देवी, बृज किशोर यादव, मदन स्वर्णकार, अनिरुद्ध यादव, कृष्ण पटेल, राम प्रवेश बैठा, गिरीजा देवी अहिरिन, गिता देवी, मुन्नी ठाकुर, शिव पुजन बरै, रन्जीत चौरसिया, अनवत राम, सिकेन्द्र सहनी, जैनव खातुन, गिता देवी लगायत चयन भएका छन्।

लेखा समितिमा अध्यक्ष हमिद मिया, उपाध्यक्ष मुक्ती चौहान, सचिव रविन्द्र चौरसिया तथा सदस्य मखु दास तत्वा र मदन साह कानु चयन भएका छन्।

शपथग्रहण कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रभु हजराले नव निर्वाचित टोलीलाई बधाई दिँदै संगठनलाई मजबुत बनाउँदै पार्टी नीति, विधि र सिद्धान्त अनुसार अघि बढ्न निर्देशन दिएका थिए। उनले गुट उपगुटको अन्त्य गर्दै एकजुट भएर ग्रासरुट स्तरमा पार्टीको प्रभाव बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रम वीरगञ्ज महानगरपालिका–२४ स्थित मनमोहन नगरको एमाले पार्टी कार्यालयमा आयोजना गरिएको थियो। कार्यक्रममा एमाले पर्सा जिल्ला कमिटीका सचिवालय सदस्य ओमप्रकाश गुप्ता, कौशल साह, सदस्य सुरेन्द्र सहनी, प्रमोद राज पटेल, उमरावती देवी, क्षेत्र नं. ३ का क्षेत्रीय सचिव सुमित रौनियार, स्थानीय नेता रामशेवक पण्डित, रामबाबु प्रसाद चौरसिया, जाहुल हक अंसारी लगायत कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।