पंचगावाँ ।। पर्साको बहुदरमाई नगरपालिका वडा नं २ पिपरामा खेलकुद स्टेडियम एमाले नेता शिव पटेल द्वारा शिलान्यास
मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्रालय द्वारा विनियोजन बजेट २५ लाखको लागतमा निर्माण हुन गईरहेको खेलकुद मैदान आज एक कार्यक्रम बिच शिलान्यास भएको छ ।

यो स्टेडियमलाई स्तर उन्नतिको लागि संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजकुमार गुप्ता र प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवालको पहलमा काम शुरू हुन गईरहेको
स्थानीय नेता, आम जनता, बुद्धिजीवीले जनाएका छन्

शिलान्यास कार्यक्रम लाई सम्बोधन गर्दै नेता पटेल मन्त्री प्रमोद जयसवाललाई धेरै धेरै धन्यवाद युवा र खेलाडी प्रति उत्साहजनक काम गरिरहनुभएकोमा यो काम छिटो र छरितो राम्रो हुनु पर्यो नेता पटेलले बताए

शिलान्यास कार्यक्रममा उपस्थिति बहुदरमाई नगरपालिका वार्ड नं ४ का वडा अध्यक्ष सुरेन्द्र यादब, बहुदरमाई नगरपालिका वार्ड नं २ का वडा अध्यक्ष प्रत्याशी मनोज पटेल, बहुदरमाई नगरपालिकाका कार्यपालिका सदस्य मुख्देवे साह कानु, लगाएत स्थानीय नेता, युवा, बुद्धिजीवी, लगाएतका उपस्थिति रहेका थिए।