जिराभवानी ।।सशस्त्र प्रहरी बल नेपाल, पर्साले वीरगंज महानगरपालिका–१, छपकैयास्थित तीनवटा घरमा छापा मारेर झण्डै सात लाख रुपियाँ बराबरको अवैध कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले भारतबाट भन्सार छली गरी चोरी पैठारी गरिएको र लुकाईछिपाई गोदाममा भण्डारण गरिएको अवस्थामा ६ लाख ९८ हजार ८०० रुपियाँ बराबरको कपडा फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।

उनका अनुसार बरामद गरिएको कपडा आवश्यक कानुनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।