पंचगावाँ,।सब डिभिजन वन कार्यालय रङपुरटाँडीबाट जमदार अर्जुन चौधरीको नेतृत्वमा खटिएको वन गस्ती टोलीले गए राती 3 बजेको समयमा पटेर्वा सुगौली गाउँपालिका वार्ड नं १ महेन्द्रपुर सरेखेतबाट चार थान सालको अवैध चौकटसहित एक व्यक्ति पक्राउ परेका छन्

पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका वार्ड नं १ बस्ने परदेशी गौरो थारु रहेका छन्। उनका साथबाट चार थान सालको चौकट सहित पक्राउ परेको व्यक्तिलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय बीरगंज पर्सामा बुझाइएको रंगपुरका वन अधिकृत उज्वल यादवले जनाएका छन्