पंचगावाँ— पर्सा जिल्लाको कालिकामाइ गाउँपालिका वडा नं २ मा नवनिर्मित कालिकामाइ युवा समाज को कार्यालय भवन उद्घाटन गरिएको छ। एक भव्य समारोहका बीच गाउँपालिकाकी उपाध्यक्ष राजमती देवी बरैनीले रिबन काटी कार्यालय भवनको उद्घाटन गरेकी हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै युवा समाजका संस्थापक अध्यक्ष आकाश चौरसियाले भवन निर्माणका लागि कुनै बाह्य आर्थिक सहयोग नभएको र घरधनीसँग सम्झौता गरी कार्यालय सञ्चालन गर्न लागिएको जानकारी दिए। संस्थालाई अझ मजबुत बनाउने लक्ष्यसहित सबै प्रतिनिधि, समाजसेवी र स्थानीय नागरिकको साथ र सहयोग अपरिहार्य रहेको उनले बताए।

कार्यक्रममा संस्थामा योगदान पुर्‍याउने व्यक्तिहरूलाई खादा ओढाएर तथा सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष राजमती देवी बरैनी, विशिष्ट अतिथि वडा नं २ का अध्यक्ष सोनालाल प्रसाद चौरसिया, वडा नं १ का अध्यक्ष लालबाबु प्रसाद चौरसिया, तथा अतिथि डा. दिलिप कुशवाहा, छठू साह, सुनिल चौरसिया, असई रामलगन प्रसाद चौरसिया, स्वास्थ्य शाखा प्रमुख योगेन्द्र प्रसाद चौरसिया, सन्जय शर्मा, पत्रकार धर्मेन्द्र चौरसिया, शनि पटेल, शिक्षक जयप्रकाश चौरसिया, लक्ष्मण ठाकुर लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता युवा समाजका अध्यक्ष आकाश चौरसियाले गरेका थिए भने कार्यक्रमको सम्पूर्ण जानकारी समाजका सचिव विकास पटेलले दिएका थिए।

उपस्थित सबै अतिथिहरूले आगामी दिनमा संस्था र युवाहरूको सकारात्मक क्रियाकलापमा सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।