२२ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई चेतावनी दिएका छन्।

उनले पुटिनले आफूलाई युक्रेनले रुसी हवाई अड्डाहरूमा गरेको ठुलो ड्रोन आक्रमणको जवाफ दिनुपर्ने बताएको जनाए।

पुटिनसँगको फोन वार्तापछि ट्रम्पले भने, ‘राष्ट्रपति पुटिनले विमानस्थलहरूमा हालै भएको (युक्रेन) आक्रमणको जवाफ दिनुपर्ने कुरा धेरै कडा शब्दमा भनेका छन्।’

रुसले चाँडै नै युक्रेनविरुद्ध बदला लिने कारबाही गर्न सक्ने जनाइएको छ।

रुसी अधिकारीहरूले भने यो कुरा पुष्टि गर्न अस्वीकार गरेका छन्। तर रुसले पहिले प्रतिक्रियाको लागि सैन्य विकल्पहरू छलफल भइरहेको बताएको थियो।

ट्रम्पले एक घण्टाभन्दा बढी समय चलेको फोन वार्ताले रुस र युक्रेनबीच तत्काल शान्ति ल्याउने पक्षमा नरहेको बताए।