काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

अख्तियार स्रोतका अनुसार, नेपालले काभ्रेपलाञ्चोकमा रहेको पतञ्जलीसम्बन्धी जग्गाको हदबन्दी छुट दिने निर्णयमार्फत राज्यलाई ठगी पुर्‍याएको आरोप छ। सो निर्णयबाट ठूलो आर्थिक घाटा भएको भन्दै अख्तियारले अनुसन्धानपछि मुद्दा अगाडि सारेको हो ।