२२ जेठ, काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध मुद्दा दायर गरेपछि उनका सांसद पद स्वतः निलम्बनमा परेका छन्।

पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा बिहीबार (जेठ २२ गते) अख्तियारले नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यो इतिहासमै पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता हुनु र मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचार मुद्दा चल्नु पनि पहिलो घटना हो।