पर्सा जिल्लाको पकाहाँ मैनपुर गाउँपालिका विकासको नयाँ पहिचान बन्दै गएको छ, जसको मूल श्रेय कुनै निर्वाचित जनप्रतिनिधिलाई होइन, तर नजितेका तर जनताको मन जितेका नेकपा एमालेका युवा नेता तथा गाउँपालिका अध्यक्ष अकलेश कुमार साहलाई जान्छ। हालै मात्र साहको अथक पहल, लगनशीलता र प्रभावकारी समन्वयमार्फत मदेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवबाट ४५ लाख रुपैयाँको बजेट निकासा गराई पकाहाँ मैनपुर गाउँपालिका वडा नं १ अन्तर्गत धोरेदेखि मडैयामाईसम्मको मुख्य बाटो ढलानको काम थालिएको छ।

कामको स्थलगत निरीक्षण गर्दै नेता साहले निर्माण कार्यमा कुनै पनि प्रकारको ढिलाइ वा लापरबाही स्वीकार्य नहुने स्पष्ट रुपमा बताएर जिम्मेवारीप्रति सजगता प्रकट गरेका छन्। उनी स्वयं निर्माण प्रगति अनुगमनमा जुटिरहेका छन् र सम्बन्धित पक्षलाई गुणस्तरीय काम छिटो सक्न आग्रह गर्दै आएका छन्।

यो कामलाई लिएर स्थानीय बासिन्दाहरू अत्यन्तै उत्साहित छन्। उनीहरूको भनाइमा, “हामीले आजसम्म जितेर आएका नेताहरूबाट यत्रो सेवा पाएका थिएनौं, जुन अहिले पदमा नरहेका एक युवा नेताको पहलमा भइरहेको छ।” साहको सक्रियतामा गाउँपालिकाभरिका दर्जनौं स्थानमा विकासका कामहरू अघि बढिरहेका छन्, जुन कुरा आफैँमा एक अभूतपूर्व दृष्टान्त बनेको छ।

नेकपा एमाले निकट जनसङठन अखिल नेपाल पिछडा वर्ग (ओबीसी) महासंघका केन्द्रीय उपाध्यक्ष, मधेस प्रदेशका इन्चार्ज तथा पकाहाँ मैनपुर गाउँपालिका अध्यक्ष रहेका साह राजनीतिक दृष्टिकोणले मात्र होइन, व्यवहार, नैतिकता र जनसेवामा पनि अग्रपंक्तिमा उभिएका छन्। उनी कुनै पदमा नभए पनि जनताको सुख–दुखमा सधैं साथ दिन्छन्, समस्या पर्दा रातदिन नभनी गाउँका घर–घर पुग्छन्, जनताको कुरा सुन्छन् र समाधानका लागि पहल गर्छन्।

साहको नेतृत्व क्षमताप्रति स्थानीय जनताको विश्वास दिन प्रतिदिन बढ्दो छ। उनीहरू खुलेर भन्छन्, “हामीले साहलाई मात्रै नेता मानेका छौं, अब २०८४ को स्थानीय निर्वाचनमा उहाँलाई जिताएर गाउँको औपचारिक नेतृत्व पनि उहाँकै हातमा दिनुपर्छ।”

गाउँका युवादेखि वृद्धसम्म, किसानदेखि व्यापारीसम्म सबैले साहको इमानदारी, कर्मशीलता, सहज पहुँच र पारदर्शी कार्यशैलीको खुलेर प्रशंसा गरिरहेका छन्। उनका पहलमा अहिले पकाहाँ मैनपुरमा दर्जनौं विकास योजनाहरू बजेट विनियोजन,भई निर्माण कार्यको चरणमा पुगेका छन्। सडक, नाला, खानेपानी, स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधार निर्माणमा देखिएको तीव्रता साहकै निरन्तर प्रयास र समर्पणको नतिजा हो।

अकलेश कुमार साह अब केवल सम्भावित उम्मेदवार होइनन्, उनी जनताका नजरमा विश्वासिलो, इमानदार र सक्षम नेतृत्वको प्रतीक बनेका छन्। न पदको लोभ, न व्यक्तिगत लाभको चाहना – उनी जनतासँगै छन्, जनताको सेवामा छन्, र गाउँको समुन्नत भविष्य निर्माणमा पूर्ण समर्पित छन्।

यही कारण हो कि आज पकाहाँ मैनपुरका जनताले गर्वका साथ भन्छन्, “हामीले नेता जितेका छैनौं, तर नेताजस्तो काम गर्ने एक असल युवालाई पाएका छौं – उहाँ नै हो अकलेश कुमार साह।”