३० जेठ ,काठमाडौँ । तीनकुने प्रकरणमा प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले १० दिनसम्म चलेको थुनछेक बहसपछि बिहीबार राति सो आदेश दिएको हो। अदालतले प्रसाईँसँगै तारा राजावादी भनिने सरोज गौतम, अनुप राजावादी भनिने गोकर्ण शाही, डण्डपाणी रेग्मी, शुसिल बराल, केशब बस्नेत र कुमार तामाङलाई थुनामा राख्न आदेश दिएको हो।

त्यसैगरी अन्य ३२ जनालाई भने धरौटीमा छाड्न आदेश दिइएको छ।