पंचगावाँ ।। पर्सा जिल्ला अन्तर्गत पटेर्वा सुगौली गाउँपालिका–२ बेलवामा मधेस प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको धर्मशालामा गुणस्तरहीन सामग्री प्रयोग भएको आरोप लागेको छ। निर्माण कार्यमा ढिलासुस्ती हुनुका साथै दुई नम्बर इँटा प्रयोग गरिएको भन्दै स्थानीयले चासो व्यक्त गरेका छन्।

सोही सन्दर्भमा गाउँपालिका उपाध्यक्ष ममता महतोले सोमबार निर्माणस्थलमा पुगेर स्थलगत अनुगमन गरेकी छन्। अनुगमनका क्रममा उनले निर्माणको गुणस्तरबारे उपभोक्ता समिति, निर्माण व्यवसायी तथा स्थानीयवासीहरूसँग प्रत्यक्ष संवाद गरेकी थिइन्।

धर्मशाला निर्माणको जिम्मा लिएको उपभोक्ता समितिका अध्यक्षले बजेट, कामको प्रगति तथा हाल देखिएको समस्याबारे जानकारी दिएका थिए। उपाध्यक्ष महतोले सार्वजनिक निर्माणमा पारदर्शिता र गुणस्तर सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइन्।

स्थानियले पनि निर्माणको गति र सामग्रीको गुणस्तरप्रति असन्तुष्टि व्यक्त गर्दै तत्काल सुधारको माग गरेका छन्। उपाध्यक्ष महतोले निर्माण कार्यमा देखिएको कमजोरी तत्काल सच्याउने प्रतिबद्धता जनाउँदै पालिका स्तरबाट आवश्यक कदम चालिने बताइन्।

धर्मशालाको निर्माण प्रक्रिया, देखिएको समस्या र समाधानको सम्भावनाबारे विस्तृत जानकारीसहितको प्रत्यक्ष संवाद पूरा भिडियोमा हेर्नुहोस् र सुन्नुहोस्।