हरिकिशोर शर्मा।।  जिराभवानि ।। पर्साको जिराभवानी गाउँपालिका वडा न २ बसन्तपुर पोष्टबाट गत जेठ २८ गते (सोमबार) पाँच गोलिया बिना इजाजतको काठसहित एक फर्निचर व्यवसायीलाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा सोही गाउँपालिकाका वडा न १ मुकेश साह रहेको प्रहरीले जनाएको छ। अवैध रूपमा काठ ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। घटनापश्चात मुकेश साहलाई छुटाउन आर्थिक चलखेल भइरहेको स्रोतले जनाएको छ ।

यस सम्बन्धमा जिल्ला वन कार्यालय पर्साले अनुसन्धान सुरु गरेको छ। जिल्ला वन कार्यालय पर्साका वन अधिकृत (डीएफओ) मन्जुर अहमदले हाल घटनाबारे अनुसन्धान भइरहेको र अनुसन्धान पूरा भएपछि मात्रै यस विषयमा थप जानकारी दिन सकिने बताएका छन्। उनले अनुसन्धान जारी रहेकाले अहिले नै कुनै निष्कर्षमा पुग्न नसकिने स्पष्ट पारे।