अनिल गुप्ता बारा,: प्रसौनी गाउँपालिका, बाराले सोमबार १७औं गाउँ सभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि ४१ करोड १ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

गाउँ कार्यपालिकाको कार्यालयमा सम्पन्न सभामा अध्यक्ष विनोद प्रसाद जैसवालको अध्यक्षतामा उपाध्यक्ष किरण देवी, प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर साह लगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभामा अध्यक्ष जैसवालले नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै नीति कार्यान्वयनमा समेत सहकार्यको अपेक्षा व्यक्त गरे।

गाउँपालिकाका अनुसार अब गाउँसभा समापनसँगै नीति, कार्यक्रम र बजेट कार्यान्वयनको चरण सुरु भएको छ।