हरिकिशोर शर्मा ।। जिराभवानि ।। असार ४।।  पर्सा पर्साको ठोरि गाँउपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत बुधबार सम्पन्न भएको छ । नीति तथा कार्यक्रम प्रमुख अतिथि निरजनकुमार साह निर्देशनमा अध्यक्ष श्री लालबहादुर श्रेष्ठले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि नीति तथा कार्यक्रम प्रस्तुत बारे प्रस्तुतिकरण गर्नु भएको थियो।

नीति तथा कार्यक्रम गाउँपालिका ठोरिको सभा हलमा सम्पन्न भएको थियो। गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ अध्यक्ष्ातामा भएको कार्यक्रममा नीति तथा कार्यक्रममा , शिक्षा, स्वास्थ्य ,कृषि ,सिचाई, पर्यटन,यज्यालो र भौतिक पूर्वाधारको , पालिकाको प्रतेक वडाका सडक लाई रिङ्गरोड बनाउन प्रमुख योजना रहेको अध्यक्षले बताए ।

भौतिक पुर्वधार तथा संरचना बिकासमा दिगो नतिजामुलक बिकासको लागि अावश्यक गुरुयोजना (मास्टर पलान )त्यार गरि अगामी वर्ष अावधिक गाउँ बिकास योजना ,भु उपयोग योजना एव प्रकोप ब्यवस्थापन योजना निर्माण गरि कार्यान्यवनमा जोड दिनु भएको छ। ठोरि गाउँपालिका बनाउन मुख्य प्राथमिकतामा राखेको बताए ।

सबै क्षेत्र विकास मुखी बनाउनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष श्रेष्ठले आवश्यक्ताका आधारमा बजेट बिनियोजन गरिने बताए र ठोरि गाउँपालिकाको बिकासमा स्थानिय जनसमुदाय ,जनप्रतिनिधि र कर्मचारी हरुको सहयोगका कारण बिकास गतिलिएकोमा सबै जना लाई धन्यवाद समेत दिनु भएको छ। ठोरि गाउँपालिकाको बिकास कार्यमा सबै पार्टी पन्थी हरु संग सहकार्य गरि चलने प्रतिबद्धता समेत गर्नु भएको थियोे ।

अार्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उपाध्यक्ष गोकुल रेग्मी , प्रमुख प्रसाशकिय अधिकृत धर्मराज थापा वडाअध्यक्ष , धनबहादुर थापा ,कृष्ण सापकोटा , शम्भु खाडका ,मानबहादुर थिङ्ग, ,अस्टबहादुर लोप्चन, कार्यपालिका सदस्यहरु समाजसेबी कार्यपालिका सदस्य ,गाउँपालिका महिला ,पुरुष सदस्य कर्मचारी, शिक्षक, स्वास्थ्य कर्मचारीका प्रमुख रमेश राज थिङ्ग संचारकर्मी, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संचालन हेम चापा गाइ ज्युले संचालन गर्नु भएको थियोे