पंचगावाँ ।।  पर्साको पोखरिया नगरपालिकाले आज एक कार्यक्रमका बीच आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ४४ करोड ४० लाख २७ हजार ४ सय ४८ को बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

नगरपालिकाको नवौं नगर सभामा नीति तथा कार्यक्रमसहितको बजेट नगर प्रमुख र उपप्रमुखद्वारा हस्तान्तरण गरिएपछि प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले सभा समक्ष बजेट प्रस्तुत गर्नुभएको थियो।

प्रस्तुत बजेट अनुसार, पोखरिया नगरपालिकालाई सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु. १० करोड ५९ लाख, सशर्त अनुदान (चालु तर्फ) रु. २० करोड २१ लाख, समपूरक अनुदान रु. ५० लाख, विशेष अनुदान रु. १ करोड १३ लाख, तथा राजस्व बाँडफाँडबाट रु. ९ करोड २८ लाख २७ हजार ४ सय ४८ प्राप्त हुने अनुमान गरिएको छ।

नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा भएको कार्यक्रम पोखरिया–४ स्थित प्राचीन पोखरेश्वर महादेव मन्दिरको सार्वजनिक धर्मशालामा सम्पन्न भएको थियो। कार्यक्रमको उद्घाटन दीप प्रज्वलन गरी गरिएको थियो।

कार्यक्रममा वडा अध्यक्षहरू प्रमोद गिरी, केदार महतो चाई, रामप्रवेश प्रसाद चौहान, लक्ष्मण साह कानु, महेन्द्र महतो चाई, सिमानन्द प्रसाद चौहान, प्रमानन्द प्रसाद पटेल, किसोरी साह तेली, नौसाद आलम, सोनालाल साह गोढ, कार्यपालिका सदस्यहरू अजय कुमार कलवार, राधा साह कानु, रामबचन महतो, वडा सदस्यहरू, रेडक्रस सोसाइटी उपशाखा पोखरियाका सभापति भगवान प्रसाद कुर्मी, नेकपा एमाले नगर समिति अध्यक्ष विन्ध्याचल ठाकुर, राजु साह, मिताराम प्रसाद पटेल, गोवर्धन प्रसाद यादव लगायत कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

सोही अवसरमा नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूलाई मूल्याङ्कनको आधारमा कदरपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रमको सहजीकरण शिव पटेल र भगवान प्रसाद साह कानुनले गर्नुभएको थियो।