पंचगावाँ ।। प्रहरी प्रधान कार्यालयले सप्तरीका एसपी ढकेन्द्र खतिवडालाई जिम्मेवारीबाट हटाएको छ । उनले खटाएका एक वरिष्ठ सईले चार लाख रुपैयाँ घुस लिदै गरेको भिडियो सार्वजनिक भएपछि उनलाई हटाइएको छ ।

एक फरार अभियुक्तलाई पक्राउ नगर्ने भन्दै वरिष्ठ सइ विश्वनाथ त्रिपाठीमार्फत घुस लिएको प्रारम्भिक छानविनमा खुलेको छ । पटक पटक गरेर १० लाख रुपैयाँ लिइएको पीडितको दाबी छ । घटनाको विषयमा छानविन गर्न एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा समिति गठन गरिएको छ ।

सप्तरीमा एसपी गौतम केसीलाई खटाइएको छ ।