पर्सा, ११ असार — पर्सा जिल्ला अदालत परिसरमै प्रहरीमाथि हातपात गर्न खोजेको आरोपमा पर्सागढी नगरपालिका–६ का वडाध्यक्ष नवलकिशोर साह कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार अदालतको सुरक्षार्थ खटिएका प्रहरीसँग वादविवाद गर्दै हात हाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए।

उनका अनुसार अदालत परिसरमा प्रवेश गर्ने क्रममा सुरक्षा जाँचको विषयलाई लिएर वडाध्यक्ष कलवारले अनावश्यक विवाद सिर्जना गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो।

हाल वडाध्यक्ष कलवारलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखेर सोधपुछ तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार अदालत परिसरभित्र सुरक्षा व्यवस्थामाथि असर पार्ने जस्ता गतिविधिलाई गम्भीर रुपमा लिइने र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।