प्रमोद यादव, पचगावाँ, १५ असार पर्सा,: सखुवा प्रसौनी गाउँपालिकाको आयोजनामा “आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन, २०४९” सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम आजदेखि सुरु भएको छ। कार्यक्रम गाउँपालिकाको प्राङ्गणमा सम्पन्न भइरहेको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित उक्त कार्यक्रममा अध्यक्षता गाउँपालिका अध्यक्ष श्री यसवन्त यादवले गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अधिवक्ता श्री बिरेन्द्र यादव तथा स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रकाश पार्नुभएको थियो।

अध्यक्ष यादवले कार्यक्रममा भन्नुभयो:

“शिशु स्वास्थ्यमा आमाको दूधको योगदान अमूल्य छ। आमाको दूधको सट्टामा प्रयोग हुने वस्तुहरूको अनियन्त्रित बिक्री वितरणले शिशुमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ, त्यसैले यो ऐनको प्रभावकारी कार्यान्वयन अति आवश्यक छ।”

स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले भने:

“यो कार्यक्रमले स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सञ्चारकर्मीहरूमाझ चेतना फैलाउने काम गर्नेछ। ऐनबारे जानकारी नभएर धेरै ठाउँमा उल्लङ्घन हुने गरेका छन्। अब हामी यो ऐनको पालना सुनिश्चित गर्नेछौं।”

अधिवक्ता बिरेन्द्र यादवले कानुनी पक्षबारे जानकारी दिँदै भन्नुभयो:

“यो ऐनले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको प्रचार, प्रसार, वितरण तथा बिक्रीलाई नियमन गर्न स्पष्ट मापदण्ड दिएको छ। यसको उल्लङ्घन दण्डनीय छ र अब पालिकाले कडाइका साथ निगरानी गर्नेछ।”

कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्थानीय सञ्चारकर्मीहरू तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

आगामी दिनमा यस कार्यक्रमलाई निरंतरता दिईन सबै वडा बाट बजेट विनियोजन गरेर कार्यक्रम अगाडि बढने निरंतरता दिइने वडा अध्यक्ष बासुदेव महतोले जोडदिनु भएको थियो  |

पालिकाको हरेक मुदा मामिलामा उल्लेखनीय सहयोग गर्नु भएकोमा अधिबक्ता बिरेन्द्र यादवलाई पालिकाले समान गर्नु भएको गापा अध्यक्ष यसवनत यादवले बताएका छन् !