पर्सा — पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने पटेर्वासुगौली गाउँपालिका–१ मा प्रत्येक वर्ष आयोजना हुने श्री श्री १०८ बाबा दुधेश्वरनाथ भाथाधाम मेलाको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन गठन गरिएको पत्रकार समिति विस्तार गरिएको छ।

शनिबार प्रारम्भिक समिति गठन गरिएकोमा मंगलबारको बैठकले थप सदस्य समावेश गरी समिति विस्तार गरिएको संयोजक शम्भु महतो थारूले जानकारी दिए।

समितिमा शम्भु महतो थारू अध्यक्ष चयन भएका छन् भने ओमप्रकाश चौधरी र राजकुमार सर्राफ उपाध्यक्षमा चयन भएका छन्। बलिराम यादव सचिव, एन्जल चौधरी कोषाध्यक्ष र शैलेश गुप्ता, निरन्जन साह, राजन बानिया, दिनेश मिश्र, कन्हैया पटेल, विनोद यादव, श्रीनारायण महतो, श्याम सर्राफ तथा राजन सिंह सदस्यमा चयन भएका छन्।

त्यस्तै, ध्रुव साह, मनोज कुमार मिश्र, राजेन्द्र सिंह, कृष्णा कुशवाहा, पन्नालाल साह, ज्ञाशु मियाँ देवान र प्रमोद यादव सल्लाहकारको रूपमा रहेका छन्।

समितिका सदस्यहरूले आ–आफ्नो क्षेत्रबाट मेला प्रचारप्रसारमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। विगतका वर्षहरूमा भारतबाट आएका श्रद्धालुहरू विभिन्न समस्यामा परेका अनुभवका आधारमा यसपटक प्रारम्भदेखि नै तयारी थालिएको सदस्यहरूको भनाइ छ।

यसैबीच, समितिको सर्वसम्मत निर्णयअनुसार असार २९ गते आइतबार भाथाधामको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ। यस वर्षको मेला असार २७ गतेदेखि औपचारिक रूपमा सुरु हुनेछ।