काभ्रे : खहरे खोलाको लेदो आएपछि अवरुद्ध भएको वीपी राजमार्ग सञ्चालनमा आएको छ।  जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले वीपी राजमार्ग रोशी गाउँपालिका- ९ पिन्थली बेसिखण्डमा खहरे खोलाको लेदो आएपश्चात बिहान सडक अवरोध रहेको जानकारी दिए ।

मंगलबार राति १ बजेदेखि अवरुद्ध सडक बिहान लेदो पन्छाएपश्चात दुबैतर्फी बाटो सुचारु भएको एसपी शाहले जानकारी दिए ।

वर्षाले लेदोसहितको पहिरो ३/४ ठाउँमा गएका कारण अवरुद्ध भएको थियो । बीपी राजमार्ग सामान्य वर्षा हुँदा सवारी आवागमनमा अवरोध हुँदै आएको छ । गत वर्षको असोजको बाढीको कारण बीपी राजमार्गमा अझै जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् ।