पर्सा,  – पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–१ स्थित धोरे सडकखण्डबाट प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

मंगलबार साँझ करिब ६ः३० बजेको समयमा भेडिअर्वा गाउँबाट धोरेतर्फ शंकास्पद रूपमा पैदल हिँडिरहेका एक अपरिचित व्यक्तिलाई प्रहरी चौकी धोरेबाट खटिएको नियमित गस्ती टोलीले रोकी खानतलासी गर्दा ठूलो परिणाममा लागुऔषध फेला परेको हो।

पक्राउ परेका व्यक्ति पर्सा जिल्ला पकहामैनपुर गाउँपालिका–२ मधुबनी निवासी २२ वर्षीय दिलीप कुमार सहनी रहेको इलाका प्रहरी कार्यालय, पोखरिया पर्साले जनाएको छ।

उनको साथबाट निलो रंगको झोलामा आलु र प्याजभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा निम्न लागुऔषध फेला परेका छन्:

Buprenorphine Injection I.P. 2ml (NOOPHIN) – 150 एम्पुल

Diazepam Injection I.P. – 150 एम्पुल

Promethazine Hydrochloride Injection I.P. (PHENERGAN) – 150 एम्पुल
कुल जम्मा ४५० एम्पुल लागू औषध बरामद

बरामद लागुऔषधसहित सहनीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याइएको छ। घटनासम्बन्धी थप अनुसन्धान गर्न जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद अनुमति लिइ अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले लागुऔषध ओसारपसार तथा प्रयोगमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्ने कार्यलाई अझ प्रभावकारी बनाउने बताएको छ।