धादिङमा ट्यांकरले दुई वटा गाडीलाई ठक्कर दिएको छ।

शुक्रबार अपराह्न पौने ४ बजेतिर गल्छी गाउँपालिका-४ बेल्खुस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

चितवनबाट काठमाडौंतर्फ जाँदै गरेका बा.प्र.०१-००६ ख ८१७५ नं.को माइक्रो गाडी र बा.प्र ०१-०३२ च ०१४८ नम्बरको गाडीलाई ना.७ ख. २८२८ न.को ट्यांकरले ठक्कर दिएको हो।

उक्त ट्यांकर काठमाडौंबाट चितवनतर्फ जाँदै थियो।

दुर्घटना हुँदा माइक्रो गाडीमा सवार १३ जनामध्ये ७ जना घाइते भएका छन्।

घाइतेलाई आदमघाट अस्पताल प्रा.लि.आदमघाटमा पठाएको थियो। त्यहाँबाट उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ।

घटनास्थलबाट फरार भएका चालकलाई प्रहरीले मलेखुबाट पक्राउ परेका छन्।