पंचगावाँ ।। पर्सा पर्साको पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर २ सुर्जाहामा परालभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले लागू औषध गाँजा बरामद गरेको छ ।

परालको थुप्रोभित्र लकुाएर राखिएको ४० केजी गाँजा बरामद गरिएको पर्साका प्रहरी डिएसपी किशोर लम्सालले जानकारी दिए ।
प्रहरीका अनुसार, शुक्रबार दिउँसो परालधनीले पराल निकाल्ने क्रममा परालको थुप्रोभित्र गाँजाको तीन वटा पोका देखेपछि प्रहरीलाई खबर गरेका थिए।त्यसपछि ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले परालको थुप्रोबाट तीन वटा पोकामा रहेको ४० केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक लम्सालले बताए ।

लम्साल्को अनुसार परालको थुप्रोबाट बेवारिसे अवस्थामा बरामद गाँजा कसले र किन राखेको भन्ने खुलेको छैन ।यसबारे अनुसन्धान भइरहेको ल ल्म्सालले बताए । बरामद गाँजा ईलाका प्रहरी कार्यलय पोखरियाले परीक्षण गरेर नष्ट गर्ने पर्सा प्रहरीका डिएसपि किशोर लम्सालले जानकारी दिए ।