काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार बसेको बोर्ड बैठकपछि सार्वजनिक गरिएको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बाँकी ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड (NG) भएका छन्।

गत वैशाख २१ गतेदेखि सञ्चालन भएको परीक्षामा देशभरबाट कुल ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना परीक्षार्थी थिए।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा neb.ntc.net.npneb.gov.np वेबसाइटमार्फत हेर्न सकिनेछ। बोर्डले नतिजा सार्वजनिक भएसँगै अब ट्रान्सक्रिप्ट र ग्रेडसिट विद्यालयमार्फत उपलब्ध गराइने जनाएको छ।