बझाङ्ग ।। बझाङ्गको दुर्गाथली गाउँपालिकाले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई गौरवान्वित बनाउने एमएमए खेलाडी रविन्द्र ढाँटलाई विशेष सम्मान गर्ने भएको छ।

“बझाङ्गी बाघ” उपनामले चिनिने ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट–१७ (MFN-17) मा भारतीय खेलाडी चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका थिए । यस ऐतिहासिक जितप्रति दुर्गाथली गाउँपालिकाले ढाँटलाई हार्दिक बधाई दिँदै आगामी सफलताको शुभकामना समेत व्यक्त गरेको छ।

आज गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले रविन्द्र ढाँटलाई नगद एक लाख एघार हजार एकसय एघार रुपैयाँ  पुरस्कार स्वरूप दिने घोषणा गरेका छन्।

अघिल्लो वर्ष पनि दुर्गाथली गाउँपालिकाले स्थानीय स्तरमा सफल राष्ट्रिय स्तरकाा खेलाडीहरुलाई नगदसहित सम्मान गर्दै प्रोत्साहन गरेको थियो । युवाको नेतृत्वमा रहेको दुर्गाथली गाउँ पालिकाले प्रतिभावान खेलाडीहरूको हौसला बढाउँदै आएको छ ।