काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सोमबार भेटवार्ता भएको छ।

नेता श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको भेटमा लोकतान्त्रिक उपलब्धिहरूको रक्षा तथा समाजवादको दिशातर्फ अघि बढ्न परिवर्तनकारी शक्तिबीच सहकार्यका सम्भावनाबारे छलफल भएको हो।

श्रेष्ठ र यादवबीच सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा सङ्घर्षरत शक्तिहरूको भूमिकाबारे विस्तृत विचारविमर्श भएको श्रेष्ठका सचिवालयले जनाएको छ।