पंचगावाँ ।। पर्साको ठोरी गाउँपालिका–२ हनुमाननगरस्थित डेढु खोलामा डुबेर एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा मनोजय कठायतका ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायत रहेका छन्।

वडाध्यक्ष अमृतकृष्ण सापकोटाका अनुसार, मंगलबार बिहान विद्यालय जानु अघि करिब १५० मिटर टाढा रहेको खोलामा नुहाउन गएका दुवै बालक खोलामा डाजेर खनेको खाल्डोमा जमेको पानीमा डुबेका थिए।

स्थानीयले पानीमा तैरिरहेको अवस्थामा देखेर तत्काल उद्धार गरी ठोरीस्थित अस्पताल पुर्‍याए पनि स्वास्थ्यकर्मीले दुवैलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार, दुवै बालकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल लैजाने तयारी भइरहेको छ।