पंचगावाँ ।। नेपाल शिक्षक महासंघले भदौ दोस्रो सातादेखि गर्ने आन्दोलनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

कानून अध्ययनरत विद्यार्थी अर्जुन शाह र राहुल साहले शिक्षा मन्त्रालय र शिक्षक महासंघलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। उनीहरूले आन्दोलनका कारण पठनपाठन ठप्प भई संविधानले सुनिश्चित गरेको बालबालिकाको शिक्षाको अधिकार प्रभावित हुने भन्दै रोक लगाउन माग गरेका छन्।

यसअघि आफ्ना माग पूरा नभएको भन्दै शिक्षक महासंघले आन्दोलन गर्ने घोषणा गरेको थियो।

Click Here