पंचगावाँ ।।पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ देउरिया स्थित धान खेतबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ।

बिशेष सूचनाको आधारमा प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको ११ जनाको टोलीले शुक्रबार दिउँसो करिब ४ बजे संकास्पद घर र क्षेत्र चेकजाँच गर्ने क्रममा खेतमा लुकाइ राखिएको अवस्थामा चरेस फेला पारेको हो।

प्रहरीका अनुसार सो चरेस ४६ वर्षीय रामायण चौधरीको धान खेतमा लुकाइ राखिएको अवस्थामा भेटिएको हो। बरामद गरिएको चरेसको तौल ५४ किलो ४०० ग्राम रहेको प्रहरीले जनाएको छ।

बरामद चरेससहित घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।