पंचगावाँ । पर्सा प्रहरीले प्रतिबन्धित ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ।

शनिबार बिहान करिब ७ बजे बिन्दाबासिनी गाउँपालिका–५, प्रसौनीभाटा सीमा क्षेत्रमा गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीले सो कुखुरा नियन्त्रणमा लिएको हो। गस्ती टोली इलाका सुरक्षा गुल्म अलौबाट सशस्त्र प्रहरी नानी राजेश बस्नेतको नेतृत्वमा खटिएको थियो।

प्रहरीका अनुसार बरामद कुखुराको मूल्य करिब रु.२ लाख ४ हजार ९ सय बराबरको रहेको छ। बरामद गरिएको कुखुरा सम्बन्धित निकायको रोहबरमा गुल्म परिसरमै नष्ट गरिएको हो भने उक्त कार्यमा प्रयोग भएको मोटरसाइकल भने भन्सार कार्यालयमा बुझाइएको छ।