पंचगावाँ । । बिन्दाबासिनी गाउँपालिका–२ बहुअर्वाभाटा स्थित नेपाल–भारत दसगजा क्षेत्रमा आज बिहान सशस्त्र प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित ब्रोइलर कुखुरा बरामद गरेको छ।

बिहान करिब ११:१० बजे सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सप्रनाउ कृष्णसिंह पुजाराको टोलीले गस्ती गर्ने क्रममा ना १४ प २७०२ र ना ३६ प १८७९ नम्बरका दुई वटा मोटरसाइकलमा ल्याइँदै गरेको करिब २ लाख ६३ हजार रुपैयाँ बराबरको ब्रोइलर कुखुरा नियन्त्रणमा लिएको हो।

बरामद गरिएको प्रतिबन्धित कुखुरालाई गुल्म परिसरभित्र सम्बन्धित निकायको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद मोटरसाइकल भने भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।