काठमाडौं, ११ भदौ। नेपालको स्थानीय बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ९९ हजार रुपैयाँ पुगेको छ। यसअघि मंगलबार सुन प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदी प्रतितोला १५ रुपैयाँले घटेर २ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ३६० रुपैयाँ थियो।